Home / Politics / परि आए पार्टी फोर्ने ओलीको चेतावनी पछि नेकपामा झन् भाँडभैलो

परि आए पार्टी फोर्ने ओलीको चेतावनी पछि नेकपामा झन् भाँडभैलो

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कारणको कारण पार्टीभित्र झन भाँडभैलो सुरु भएको छ ।

आन्तरिक विवाद चुलिददै जादा पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । शुक्रवार पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा कुनै सहमति जुटन सकेन ।

वार्तामा अध्यक्ष ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोडने बरु परि आएको अवस्थामा पार्टी विभाजित गर्ने चेतावनी प्रचण्डलाई दिएपछि पार्टीको विवाद थप चुलिएको छ ।

स्थायी कमिटीको बैठक स्थगित गरेर दुई अध्यक्षबीच वार्ता भएपनि सहमति जुटन सकेन ।

पार्टीका दोस्रो तहका नतोहरुलाई दुवै अध्यक्षलाई चलकता अपनाएर पार्टी एकता बचाउन आग्रह गरेपनि दुवै अध्यक्ष आ–आफ्नो अडानमा रहेका छन् ।

पार्टीभित्र प्रधानमन्त्रीको कार्यशैलीको कारण असन्तुष्टि जनाउदै अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अधयक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन ओलीलाई दबाब दिदै आएका छन् ।

तर प्रधानमन्त्री ओलीले आफूले राजिनामा नदिने अडान दोहोर्याउदै जारी बर्षे अधिवेशन समेत अत्त्य गर्ने निर्णय लिनुभएको छ ।

शनिवार बिहानैबाट शीर्ष तहमा सहमति जुटाउनको छलफल भएपनि सहमति जुटन सकेको छैन् ।

प्रधानमन्त्री ओलीले शनिवार दिनभर शीर्ष तहका नेताहरुसँग छलफल गरेपनि सहमति हुन सकेको छैन् ।

अहिले प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुबीच छलफल भइरहेको छ ।


आजको लागि डाकिएको स्थायी कमिटी बैठकमा ओलीले केही दिन थप समय माग गरेपछि बैठक स्थगित भएको थियो ।

प्रचण्ड निवास खुमलटारमा अहिले प्रचण्ड पक्षका नेताहरुबीच छलफल चलिरहेको बेला प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीले भेटन शिलत निवासमा पुग्नुभएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *