पोखरा । गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोरखा र मनाङमा गरी थप ४२ जनामा कोरोना पुष्टि भएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ गरी थप ४२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।
शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।
थप भएका नयाँ ४२ संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।







