Home / Nepal / News / क्वारेन्टिनमा बसेकी महिलामाथि भएको सामुहिक बलात्कारमा तीन स्वंयमसेवकको संलग्नता

क्वारेन्टिनमा बसेकी महिलामाथि भएको सामुहिक बलात्कारमा तीन स्वंयमसेवकको संलग्नता

धनगढी । कैलालीमा क्वारेन्टिनमा बसेकी महिलामाथि भएको सामुहिक बलात्कारमा तीन स्वंयमसेवकको संलग्नता भएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको शहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कारको प्रयास भएको हो ।

पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका ३ जनाले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कार्कीले क्वारेन्टानमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले भने महिलामाथि दुव्र्यवहार भएको भन्ने उजुरी आएलगतै ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

लम्कीका स्थानीयले घटनापछि बिरोध प्रदर्शन गरेका छन । अहिले लम्की क्षेत्रमा सडकअवरूद्ध गरेर प्रदर्शन भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *