मुम्बई : बलिउड अभिनेता शाहरुख खानको प्रतीक्षित चलचित्र ‘पठान’को छायांकन सेटमा ठूलो लफडा भएको छ।
घटनापछि पठान टिमले यसलाई तर्क–वितर्क मात्रै भएको भनेर सामसुम पार्न खोजे पनि त्यहाँ शरीरिक चोटपटक नै लागेको छ। अर्थात हातपात नै भएको छ। यशराज प्रोडक्सन र शाहरुख खानको सेटमा यस्तो आजभन्दा पहिले कहिल्यै भएको छैन। यो उनीहरुको सेटमा अनुशासन उल्लंघन भएको अत्यन्तै दुःखलाग्दो घटना हो।
यश राज स्टुडियोमा सुरक्षा कडा गरिएको छ भने आदित्य चोपडाले त्यसको छानबिन गर्न आदेश दिएका छन्। झगडाको विषय र अन्य जानकारी भने सार्वजनिक भइसकेको छैन।






