कर्णाली : बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित हुने कुरालाई ध्यानमा राखेर ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट र गलबन्दी वितरण गरेको छ।
समुदायअन्तर्गतको ‘होप फर चिल्ड्रेन’ ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो। लिभर्स चर्च सुर्खेतका ‘चर्च फादर’ पूर्ण वर्देवाले भने, “हामीले ती बालबालिकालाई आठ वर्षदेखि पठनपाठनमा समेत सहयोग गर्दै आएका छौँ”, “कोरोनाको महामारीका कारण पठनपाठन सहयोगमा केही अवरोध खडा भए पनि चिसोबाट बच्न मद्दत पुगोस् भनेर कपडा उपलब्ध गराएका छौँ।”
यता वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतस्थित सिर्जनशील टोल विकास समितिका अध्यक्ष नन्दा श्रेष्ठले चर्चले समाजमा गाह्रोसाह्रो परेका मान्छेलाई सहयोग गर्दै आएको र विपन्न बालबालिकालाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरेकोप्रति धन्यवाद व्यक्त गरे।






