Home / Nepal / नेपालमा विषादी प्रयोग गर्दा हुने जोखिम र त्यसबाट बच्ने उपायहरु

नेपालमा विषादी प्रयोग गर्दा हुने जोखिम र त्यसबाट बच्ने उपायहरु

डा. सुन्दर तिवारी,
सह–प्राध्यापक, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन


पृष्ठभूमि


विषादी विषादी नै हो, औषधी हैन । पहिलो वाक्यांश प्रयोग गर्दा नै हामीहरु चुकेका छौं । आज धेरै पत्रपत्रिका एवं मानिसहरुको बोली चालिमा विषादीलाई औष्।धी भनिदिँदा यसले विषादी प्रति जनमानसमा सकारात्मक सन्देश गएको जस्तो देखिन्छ ।

विशेष गरी संचार माध्यममा समेत यो शब्द प्रयोग गरीदिँदा समेत औषधी भनेर प्रचार प्रसार गरिरहेको हामी सुन्न र पढ्न पाइन्छ ।

डा. सुन्दर तिवारी,
सह–प्राध्यापक, कृषि तथा वन विज्ञान विश्वविद्यालय

विषादी विष हो, न त यसले मानव जगतलाई फाईदा गरेको हुन्छ न त यसले प्रकृती एवं वातावरणमा फाईदा पु¥याएको हुन्छ । त्यसकारण हामी यसलाई आजैबाट विषादीको संज्ञा दियौं ताकी यो औषधी हैन ।

संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले यसलाई त्यो मानवनिर्मित रसायन जसले रोग, कीरा एवं झारपात नष्ट वा मार्नको लागी प्रयोग गरिने वस्तुको रुपमा व्याख्या गरेको छ”

। यो रसायन सुरु सुरुमा लामखुट्टे एवं अन्य हानीकारक कीराहरु जसले मानिसमा रोगहरु सार्ने र धेरै मान्छेहरुको छोटो समयमा नै ज्यान लिन सक्ने खालका कीराहरुको नियन्त्रणका लागी प्रयोग गरीन्थ्यो ।

पछी यसलाई खेतवारीमा रोग कीरा एवं झारपात नियन्त्रणका लागी प्रयोग गरेको पाईन्छ । यी रसायनहरु आजपनी खेतबारीमा लाग्ने कीरा, रोग एवं झारपात र जन स्वास्थ्यमा असर पार्ने खालका कीराहरु जस्तै लामखुट्टे, झिंगा, सुलसुले मार्नका लागी प्रयोग हुँदै आइरहेको छ ।

चाहे त्यो घरमा लामखुट्टे मार्नका लागी प्रयोग हुने वेगन स्प्रे वा लाम्खुट्टेमार्नेक्वाइलहोस् वा भण्डारणमा घुन पुतली मार्नका लागी प्रयोग गर्ने सेल्फोस चक्की होस् ती सबै विषादीहरु हुन् ।

माछा मार्नका लागी खोलामा प्रयोग गरीने रसायन, दाल, चना, केराउलाई भण्डारणमा राखीँदा प्रयोग हुने विषादी, मुसा मार्नका लागी प्रयोग गरिने वा खेतवारीमा दैनीकजसो प्रयोगमा आउने रसायनहरु सबै विषादी हुन् ।

यी विषादीहरु सबै एकै प्रकारका, एकै प्रकारले असर गर्ने र एकै किसिमको अवशेष हुन्छन् भन्ने हुँदैन ।

कीरा मार्ने विषादी एवं रसायनलाई कीटनाशक विषादी, वाली विरुवामा लाग्ने रोग नियन्त्रण प्रयोग गर्ने रसायनलाई ढुँसीनासक वा जिवाणुनासक एवं मुसामार्ने विषादीलाई मुसानासक एवं झारपात मार्ने विषादीलाई झारपात नाशक विषादी भनेर भनिन्छ ।

तर हाम्रो चलनचल्तीमा जुन प्रकारका विषादी एवं रसायन भएपनी समग्रमा विषादी भन्ने चलन छ, ताकी कीटनाशक विषादीले कीरा भन्दा अन्य जीवलाई मार्दैन ।

ढुँसीनासक विषादीले ढुँसी बाहेक विरुवाका अन्य रोगलाई मार्दैन । तर हामीले विरुवा पहेलो वा ओइलायो वा विरुवामा कुनै कीरा देखीयो भने जुनसुकै विषादी पनि प्रयोग गर्नका लागी हामी तयारी नै हुन्छौं ।

बालीविरुवामा भएका कीराहरु सबै हानी गर्ने खालका छन् भन्ने धेरै किसानलाई लाग्ने गर्दछ र कीटनाशक विषादी छर्न तयार हुन्छन् । तर त्यो वास्तविकता होइन ।

खेतवारीमा देखिएका लगभग ९५ प्रतिशत कीराहरु फाइदाजनक हुन्छन् । तीकीराहरुले कुनै न कुनै प्रकारले मानवलाई फाइदा दिन्छ ।

विरुवामा पुतली, माहुरी, माकुरा, गाइने किरा, जुनकीरी, कान्छी औले, वारुला बस्दैमा डराउनु पर्दैन । ती सबै फाइदा गर्ने कीराहरु हुन् ।

यसरी प्रयोग भई रहेको विषादीको अल्पकालिन रुपमा त उत्पादन बढाएको छ र किसानहरुको आम्दानी त पक्कै बढेको छ तर यसलाई शुस्म रुपमानियाल्ने हो भने यसरी भएको आम्दानी भन्दा सयौ गुणा यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानव स्वास्थ्य तथा वातावरणमा क्षति पु¥याएको भेटिन्छ ।

नेपालमा सन् १९५० मा मलेरिया नियन्त्रण गर्नका लागि भित्रिएको डि.डि.टी. को प्रयोग र यसको लोकप्रियताले आज सम्म पनि विषादी प्रतिको धारणा किसानहरु माझ परिवर्तन हुन सकेको छैन ।

हामि धेरै जसो नेपाली किसान र अलिकति पढे बुझेका मानिसहरुले पनि विषादीलाई औषधीको रुपमा वुझ्ने र अरुलाई पनि त्यसै अनुसार चित्रण गरी दिनाले विषादीप्रतिको धारणा परिवर्तन हुन नसकेको भन्ने थुप्रै जन गुनासोहरु भेटिन्छन् ।

यी सामान्य कुराहरुको ज्ञान नहुँदा पनि विषादी प्रयोगमा दुरुपयोग भइरहेको छ ।


विषादीको प्रयोगको अवस्था


एकतर्फ हामीविषादीप्रयोग गर्नु हुँदैन, प्रांगारीक एवं जैवीक खेतीतर्फ जानुपर्दछ भनेर भनिरहेका छौं तर अर्काे तर्फ नेपाल लगायत विश्वका अन्य मुलुकहरुमा विषादीको मात्रा र प्रयोग बढी रहेको छ ।

विश्वमा हाल लगभग २० लाख टन विषादी प्रयोग भएको पाइन्छ । यो मात्रा २०२० को अन्यसम्म ३५ लाख टन हुने अनुमान गरिएको छ ।

हाल प्रयोग भइरहेको विषादीमा ४७.५ प्रतिशत झारपात नाशक, २९.५ प्रतिशत कीटनाशक, १७.५ प्रतिशत ढुँसीनाक र ५.५ प्रतिशत मुसानासक, सुलसुले नासक र अन्य विषादी पर्दछन् ।


विश्वमा विषादी प्रयोग गर्न देशहरुमा चिनले सबैभन्दा बढी विषादी प्रयोग गर्दछ । त्यस पछी, क्रमशः अमेरीका, ब्राजील, अर्जेन्टीना, क्यानडा, फ्रान्स, मलेसिया आदी पर्दछन् । चिनले प्रतिवर्ष १७लाख त्रिसठ्ठि हजार ( १७,६३,०००) टन विषादी प्रयोग गर्दछ भने अमेरीकाले ४,०७,७७९ टन प्रयोग गर्दछ ।


एशीयाका देशमा सबैभन्दा बढी विषादीको प्रयोग हुने देशहरुमा भारत अग्र भागमा छ जहाँ ५२,७५० टन विषादीप्रयोग हुन्छ भने दोश्रो बढी विषादीप्रयोग हुने दक्षिण एशियाका देशमाबंगलादेश पर्दछ ।

नेपाल विषादीप्रयोग गर्ने देशहरुमा १०३ औं स्थानमा पर्दछ । सबैभन्दा कम विषादी प्रयोग गर्ने देश कोमोरस ( ०.०३ टन)पर्दछ ।


नेपालमा हाल सोह्रवटा विषादी पूर्ण रुपमा प्रतिबन्धित छन् । ती विषादीमा डिडिटी, विएच सी, क्लोरडेन, अल्ड्ीन, डाईअल्ड्रीन, इन्ड्रीन, हेप्टाक्लोर, लीन्डेन, अर्गानो मर्करी ढुँसीनाशक विषादी, माइरेक्स, फोस्फामिडन, टोक्साफियान, मोनोक्रोटोफस, मिथाईल पाराथियत, इन्डोसल्फान, र फोरेट पर्दछन् ।

बाँकी ५ वटा विषादीहरु जस्तै वेनोमिल, कार्बाेफ्युरान, ट्राइजोफस, डाईक्लोरोफस, कार्बारिल प्रतिवन्धितको सुचिँमा छन् ।

यिनिहरुलाई २०७७ मंसीर १६ सम्म प्रयोग तथा वेचविखन गर्न पाइने विषादीको सुचीमा राखीएको छ । त्यसैगरी अन्यतीनविषादीकार्वाेसल्फान, डाइकोफोल र एलमुनीयमफस्फेट (५६ प्रतिशत) लाई २०७८ साउन १८ सम्म प्रयोग तथा बेचविखनको सुँचीमा राखीजम्मा २४ वटा विषादीलाई प्रतिबन्धित सुँचीमा राखीएको छ ।


प्लान्ट क्वारेन्टीन र विषादी व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार २०७५ मंसीर २९ सम्मको तथ्यांकलाई हेर्ने हो भने नेपालमा ३०३५ विभिन्न प्रकारका व्यापारीक नाममा र १७० प्रकारका साधारण नाममा विषादी सुचिकृत भएका छन् ।

जसमध्ये कीटनाशक, ढुँसीनासक, झारपातनाशक र जैविक विषादी बढी पर्दछन् ।


आ.व.२०६९/७० मा ४,०३,४८४ केजी (विषादीको खास मात्रा) प्रयोग भएकोमा हाल २०७४÷०७५ मा त्यो मात्रा झण्डै २ गुणा बढी ६,२५,०६७ कि.ग्रा. (विषादीको खास मात्रा) खपत भएको सरकारी तथ्यांकले बताउँछ ।

जुन नेपाली मुल्य २०६९÷७० मालगभग १३ करोडको रहेको छ । २०६९/७० को तुलनामा हाल २०७५÷७६ मा झण्डै चार गुणा बढी ४२.५ करोड हुन आउँदछ ।

हुनतः यसरी विषादी बढ्दै जानुमा कृषि आधुनीकीकरण र खेती गरिएको क्षेत्रफल बढेकाले हो तथापी यसरी विश्व एवं नेपालमा यसरी विषादीको मात्रा बढ्दै जानु त्यति राम्रो संकेत होइन ।

अर्काे तर्फ केही बाह्य खतरनाक कीराहरु जस्तो की अमेरिकन फौजी कीरा एवं गोलभेडाको पात खाने टुटा कीराको लागी निर्विकल्पका रुपमा विषादी सिफारिस गरिरहेका छौं ।

केहीवर्षयता फौजी कीराका कारणले केही निश्चित विषादीहरु जस्तै स्पिनोयाड ४५ प्रतिशत, इमामेक्टी बेन्जोष्ट ५ प्रतिशत, स्पारिनेटोराम ११.७ इ.जी र क्लोरानट्रानीलप्रिल १८.५ इसी को सिफारीसले यिनीहरुको मात्रा बढ्नेमा दुइमत छैन ।


अर्काे तर्फ विकसित देशमा विषादीको मात्रा र प्रयोग बढि भएता पनि यसले मानव जगत एवं वातावरणलाई कम असर गर्ने गरी विषादीको प्रयोग गर्दछन् ।

उनिहरुले विषादीको मात्रा कति, कति मात्राको विषादीको घोल आवश्यक पर्दछ, विषादी प्रयोग गर्दा कस्ता कस्ता सुरक्षाका सामाग्री प्रयोग गर्नुपर्दछ, विषादी छर्ने ट्यांकी एवं वट्टाको सफाई, व्यवस्थापन एवं भण्डारण आदीको समुचित प्रयोग एवं व्यवस्थापन हुने भएकोले ती देशहरुमा विषादीबाट हुने असर कम हुन्छ ।

कृषि संग सम्वन्धित नीति नियमको अवस्था


नेपालमा हालखास गरी कृषि संग सम्वन्धित २० वटा नीतिहरु, १८ वटा ऐन र ९ वटा नियमावली र ६ वटा आदेशहरु तयार तथातीनीहरु कार्यान्वयनमा छन । यी नीति तथा नियमहरुको १० प्रतिशत नीति नियमले मात्र,ै सुरक्षित विषादीको प्रयोग र वातावरण स्वस्थ्य बनाउनु पर्दछ भनेर उल्लेख गरेको पाईन्छ ।

नेपालमा विषादीको प्रयोगलाई व्यवस्थीत गर्नु पर्दछ भन्ने कुरा जीवनाशक विषादी ऐन २०४८ र नियमावली २०५०, बालि संरक्षण नीति २००७ र नियमावलि२०१०साथै विषादी व्यवस्थापन नीति २०१९ ले उल्लेख गरेको छ ।

अन्य नीतिनियमहरु जस्तो की राष्ट्रिय कृषिनीति २०६१, कृषि जैविक विविधता नीति २०६२, राष्ट्रिय विउविजननीति २०५६, विरुवा संरक्षण ऐन २०६४, रासायनिक मल नियन्त्रण आदेश २०५५ ले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा विषादी तथा रासायनिक मललाई व्यवस्थित रुपमा प्रयोग गर्नु पर्र्दछ भनिएको छ ।

तर नेपालमा स्वस्थ वाली उत्पादन गर्नुपर्दछ भने नीतिनियम एवं विभिन्न कार्यक्रमहरुमा भनिए तापनि विषादीको जोखीम बढ्दै गएको तथ्य भेट्न सकिन्छ ।


सरकारको नीति विषादी न्युनिकरण गर्ने भएता पनि उपयुक्त योजनाको अभाव, प्रसस्त स्रोत र साधानको कमी र नयाँ विषादी कम्पनिहरुलाई विना झन्झट इजाजतपत्र पाएको कारणले यसले झन् व्यापकता पाएको जन गुनासो पाईन्छ ।

यसका साथ साथै कमजोर अनुगमन नीति तथा विषादी जाँच सम्बन्धि प्रयोगशालाको अभावको कारण यसैलाई फाइदा उठाई टाठाबाठा व्यापारी एवं झन्झटिलो सरकारी नीतिले साना–साना किसान एवं उपभोक्ता ठगिन पुगेको भन्ने कुुरा छर्लङ्नै छ ।


विषादीको जोखिमको अवस्था


माथिको तथ्यांकले के देखाउँदछ भने कतिपय नचाहँदा नचाहदै पनि विषादी सिफारीस गर्नुपर्ने हुन्छ ।

यी यस्ता अवस्थाहरुमा विषादीबाट हुन सक्ने जोखीम मुल्यांकन गरी तत् अनुसार सुरीषत उपायहरु अपनाउन सके हामी र हाम्रो वातावरण बचाउन सक्छौं ।

अब हामी यी विषादीले मानव जगत कहाँकहाँ जोखीम पार्दछ भनी प्रष्टाउने जमर्काे गर्दछौं ।

ती जोखिमका क्षेत्रहरु विषादी बनाउने, विषादीविक्री गर्ने देखी विषादी भण्डारण र प्रयोग गर्ने कृयाकलापहरुमा संलग्न जो कोहीलाई यसले असर पु¥याउँदछ ।


जोखिमका हिसाबले हेर्ने हो भने बिषादीको पहिलो जोखिमकर्ता उत्पादन कम्पनीमा काम गर्ने कामदारहरु , दोश्रो बिषादी बिक्रेता र तेश्रो प्रयोग कर्तार चौथो उपभोक्ता हुन् । किसानले बिषादी प्रयोग गरेर उत्पादन गरेको तरकारी आफुले प्रयोग नगरे पनि बिषादी प्रयोग गर्दा खेरि त्यस हाबापानीमा धुल्दा जोखिम हुन सक्छ ।

यस कारणले बिषादी जुनसुकै कारणबाट पनिमानीस तथा अन्यमित्रु जिबजन्तुमा नै असर गर्दछ । त्यसकारण यो भन्न सकिन्छ कि हरेक ब्यक्तिमा बिषादीको जोखिम छ । मात्रामात्रै तल माथि हुन सक्छ ।


किसानहरुले अज्ञानताका कारणवाट कुनविषादी छर्न हुने, कहिले छर्ने, कसरी विषादी मिसाउने, मिसाउदा के के कुरामा ध्यान दिने, विषादीको ट्याँकी चलाउदा के के कुरामा ध्यान दिने आदि जस्ता कुराहरुमा खासै ध्यान दिँदैन ।

यसका साथसाथै धेरै जसो किसानले विषादीलाई औषधिको रुपमा ग्रहण गरी विषादीका बट्टाहरुलाई अन्न भण्डारणमा, भान्छा घरमा, घरको सिलिगंमा र घरको नजिकै राख्ने गरेको पाइन्छ ।

विषादी विक्रतातर्फ हेर्ने हो भने केही विषादी विक्रेतालाई छोडेर धेरै जसो विक्रेताले विषादीको पसललाई अन्य खाध्यान्न पसलसगँ सगँै विक्रि वितरण तथा विषादी पसल मानै खानेकुरालाई निर्धक्कका साथ उपयोग गर्ने गरेको पाइन्छ ।

विषादी पसलेहरुले विषादी पसलमा बस्दा माक्स नलगाई वस्ने, विषादीका बट्टाहरुलाई नाङगो हातले छुने, विषादी पसल मानै खाने पिउने जस्ता कृयाकलापहरु गर्ने गरी आफुलाई जोखिम बनाउने गरेको पाइन्छ।

विषादी पसलमा कतिपयले खाध्यान्न विक्रि गर्ने र कतिपयले श्रृगार पसलमा नै विषादी राखी बिक्रिबितरण गर्दै आइरहेको समेत भेटिन्छ । विषादी बिक्रेताले तालिम लिएर विषादी बिक्रि वितरण गर्नुपर्ने भएता पनि केहि बिक्रताले विषादी बिक्रि सम्वन्धी सरकारी नियम तथा कानुनलाई मिच्दै विषादी बिक्रि गर्दै आइरहेको पनी देख्न सकिन्छ ।


हामीले विषादी रहीत तरकारी बाली त खानुपर्दछ भन्छौ तर हामीले घरभित्रै राखीएका विषादीहरु प्रति ध्यान दिएनौ भने त्यो परिवार तथा हाम्रो समुदाय स्वास्थ्य रहन सक्दैन ।

यदी हामी स्वास्थ्य रहने हो भने हाम्रो विषादीको संस्कारलाई व्यवस्थीत रुपमा उपभोग गर्नु पर्दछ । यानकी विषादीलाई घरभित्रबाटै हटाउनु पर्दछ ।

आजकाल हामीहरुका घर या छरछिमेकमा हेर्ने हो भने भण्डारणमा लाग्ने कीरा नियन्त्रण गर्नका लागि सेलफोस चक्कीको प्रयोग बढ्दै गहिरहेको छ ।

त्यसैगरी जनस्वास्थ्यमा प्रयोग हुदै आइरहेको पाईरिथ्रोइड्स समुहको विषादीको प्रयोगले हामीले सर्वप्रथम त घरलाई नै सुरक्षित राख्नुपर्ने हो की भन्नु पर्ने हुन्छ ।

यसरी प्रयोग भइरहेको सेलफोस चक्की तथा जनस्वास्थ्यमा प्रयोग भईरहेको विषादीको अवशेषले बृद्ध, बृद्धा, गर्भवती महिला तथा बच्चाबच्चीलाई बढी असर गर्न सक्ने हुन्छ ।

यसका अलावा खेतवारीमा विषादी प्रयोग गर्दा वा विषादी किने देखिनै, बट्टाखोल्ने वेलामा अव्यवस्थित तवरले फालिएका विषादीका भाडाहरुको सम्पर्क हुनगई र विषादीको ट्याङकी खोलेदेखि नै हर तवरमा विषादीको जोखिम हुन सक्छ ।


विषादीलाई जथाभावि भण्डारण गरिएको


यसका साथ साथै बिषादीप्रयोग गर्दा हामीले लगाएको कपडाको प्रकार, स्प्रे ट्याङ्ककीको प्रकार तथा भर्खरै विषादी छर्केको ठाउँमा हिड्नाले, नोजलको प्रकार र यसको छनौट गर्दा, नोजल र शरीरको दुरी, स्प्रेयरको लान्सलाई घुमाउदा, स्प्रेयरलाई सरसफाई गर्दा, स्पे्रेयरलाई मर्मत गर्दा, विषादीको वट्टालाई खोल्दा वा भण्डारण गर्दा विषादी झरेको भुईलाई पुच्छा, विषादीलाई घरमा प्रयोग गरीने भाडाहरुमा सारोवारो गर्दा पनी विषादी मान्छेको शरीरमा प्रवेश गर्न सक्छ ।

यी त भए विषादी प्रयोग गर्दा, छर्दा, भण्डारण गर्दा जोखिम हुन सक्ने सम्भावीत क्षेत्रहरु र यसो गर्नाले मानव स्वास्थ्यमा जानी नजानी धेरै दुर्घटनाहरु हुने गर्दछ ।

यस्ता जोखीमले प्रत्यक्ष रुपमा कहिले काँही मान्छेको ज्यानै जाने, मान्छेको कुनै अङ्गहरु अङ्गभङ्ग हुने र मान्छेलाई दीर्घ रोगी बनाउछ ।

दीर्घकालीन रुपमा वा अप्रत्यक्ष रुपमा हेर्ने हो भने यसले क्यान्सर तथा अन्य मानवीय स्वास्थ्यमा असर पार्न सक्दछ ।

विषादीको जोखिमलाई कसरी कम गर्न सकिन्छ ?


विषादीको विकल्प आई.पि.एम. पद्धति त भनेका छौं तर त्यो भन्दापनि वढि विषादी खेतवारीमा प्रयोग गर्नु भन्दा अगावै र विषादीको वट्टाखोलेपछी यसको जोखीमता बढ्दै गईरहेको छ ।

जस्तो कि हामीले विषादीलाई कहाँ भण्डारण गर्ने हो । कस्तो प्रकारले विषादीलाई प्रयोग गर्ने हो, विषादीलाई पानीमा मिश्रण गर्दा कसरी गर्ने, विषादीप्रति क्षेत्रफल जग्गामा कती मात्रा छनौट गर्ने, विषादी स्प्रे गर्ने ट्याङ्कीलाई कसरी सफा गर्ने र कसरी सुरक्षित मर्मत गर्न, कुन समयमा विषादी छर्ने, विषादी छर्दा के के सुरक्षाका उपायहरु अपनाउने र विषादी प्रयोग भइसकेको खाली बट्टालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु जान्न अत्यन्त जरुरी छ ।


विषादी छर्दा सुरक्षित पहिरन प्रयोग गर्नुपर्छ


जस अनुसार विषादी सकेसम्म हातैले नछुने यदी छुनै परेछ भने पनी पञ्जाको सहायताले विषादीको खोल्ने पर्दछ। विषादीकोे वट्टा खोल्दा खेरी जहिले पनि खुल्ला र हावा खेल्ने ठाउँमा गर्नुपर्दछ ।

यही हामीले विषादी खोल्दा वन्द कोठामा ग¥यौ भने विषादीमा नि सासिएर मान्छेको ज्यानै जान पनि सक्दछ । यसरी विषादीको वट्टालाई खोल्दा कहीलेकाँही छचल्किएर हातमा टासीने र कहिले जमिनमा खस्ने भएकोले त्यसो हुनबाट बचाउनु पर्दछ ।

जमिनमा यदी विषादी खस्यो भने त्यसलाई राम्रोसँग पुछी, उक्त पुछेको कपडालाई निचार्दा वालीविरुवामा पर्ने गरी राम्ररी छर्नु पर्दछ ।


विषादीको प्रयोग गरेपछि विषादीको संकेत हुने चिन्ह राख्नुपर्छ


ताकी त्यो विषादी विरुवामा परोस् र सजिलै उडेर जाओस् ।

विषादीलाई भण्डारण गर्दा जहिले पनि वन्द बाकसमा ताल्चा लगाएर राख्नु पर्दछ ताकी यस्ता विषादीहरु बच्चाबच्ची वा अन्य घरका सदस्यहरुको पहुँचभन्दा टाढा रहोस् ।

त्यसैगरी विषादीलाई छर्दा खेरी हावाको विपरीत दिसामा मान्छेलाई नपर्ने गरी छर्नु पर्दछ ।

कतीपय स्थानमा विषादी छर्ने वित्तिकै यस्ता खेतमा प्रवेश गर्ने र यसरी छर्ने वित्तिकै फल टिपी वजार पठाउने चलनभएकोले यस्तो प्रकृयाबाट हामी चनाखो हुनुपर्दछ ।

यसबाट बच्नको लागि जहाँ विषादी छरिएको छ त्यस्तो ठाउँमा सावधानीका चिन्हहरु राखेर जनमानसलाई सचेत गराउन पर्दछ ।

विषादी छर्ने ट्याङकीको पिधबाट डेलीभरी पाइप र लान्स जोडिएको ठाउँबाट र नोजलबाट विषादी त्वाप्पत्वाप्प चुहिने भएकोले यस्ता कुरालाई राम्रो संग ध्यान दिएर मात्र विषादीको ट्याङ्की चलाउनु पर्दछ ।


विषादी जहिले पनि बन्दबाकसमा राख्नु पर्छ ।


हामीकहाँ विषादी प्रयोग गरिसकेपछी खालीवट्टालाई खेतको नालीमा तथा झाडि बुट्यानमा फाल्ने चलन र कतिपय स्थानमा नुन मसला राखी पुन प्रयोग गर्ने चलन हाल पनी विद्यमान छ ।

तसर्थ यसरी प्रयोग गरी सकेको वट्टाको पिधमा प्वाल पार्ने र त्यसमा भएको विषादीलाई पानी मामिसाई पुनविरुवामा छर्नाले विषादीको जोखिमबाट बच्न सक्दछौं । त्यसैगरी ट्याङ्कीलाई चलाउदा, सफागर्दा र विग्रेको वेलामा मर्मत गर्दा पनी विषादी संगको जोखिम बढ्दछ ।

तसर्थ ट्याङ्की चलाउदा हातमा पञ्जा लगाउने, व्यक्तिगत सुरक्षा सामाग्रीहरु जस्तै माक्स, चस्मा, बुट, लामो बाउला भएको कपडा र टाउकोलाई राम्रो संग कभर गर्ने टोपी प्रयोग गर्नु पर्दछ ।

यसका साथसाथै स्प्र्रे ट्याङ्कीलाई सफा गर्दा ट्याङ्कीलाई जमिनमा नघोप्टाई कुन पानी मिसाउदै विरुवामा तीन देखि ४ पटक सम्म लान्सको बाटो हुँदै छर्नु पर्दछु र यसो हुदा विषादी जमिनमा खेर भएर जान पाउदैन र वातावरण दुषीत हुन पाउदैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *