काठमाडौं । लामो समय पछि सरकारले लकडाउनमा केही खुकुलो गरे पनि सिनेमा हलहरु भने बन्द नै रहने भएका छन् । सरकारले अत्यावश्यक सेवासहित विभिन्न २१ वटा क्षेत्र खोल्ने निर्णय गरेको छ ।
भिडभाड हुने प्रायः अधिकांश क्षेत्र बन्द गर्दा सिनेमा घर पनि बन्द नै रहने भएका हुन् ।
पहिलो चरणमा २५ जनाभन्दा धेरै भेला हुने कुनै पनि कार्यक्रम, सेमिनार, गोष्टी तथा कार्यक्रम गर्न नदिने निर्णय अनुरुप चलचित्र घरहरु पनि बन्द नै रहने भएका हुन् ।

गत फागुन १६ गते यता कुनै पनि नयाँ चलचित्र रिलिज भएका छैनन् । चैत ५ गतेबाट सिनेमा हल बन्द छन् ।







