Home / World News / भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४६६ पुग्यो

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४६६ पुग्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४६६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालससम्म भारतमा २ लाख ६६ हजार ५९८ जनामा कोरोना संक्रमण देखिसकेको छ । 

भारतमा केही दिन यता झण्डै १० हजारका दरले कोरोना संक्रमित थपिरहेका छन् । सरकारले लकडाउन खुकुलो बनाउँदै जाँदा संक्रमण फैलिने क्रम पनि तिव्र भइरहेको छ ।

भारतमा दैनिक २५० देखि ३ सयको बीचमा कोरोना संक्रमितको ज्यान गइरहेको छ ।

भारतमा हिजो (मंगलबार) भने अहिलेसम्मकै सबैभन्दा धेरै ३३१ कोरोना संक्रमितको ज्यान गएको डब्लूएचओले जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *