काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार ७४७ नाघेको छ ।
बुधबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ४ लाख १२ हजार ७४७ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख १४ हजार ८१जनाको ज्यान गएको छ भने बेलायतमा ४० हजार ८८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म संक्रमितको संख्या ७३ लाख २ हजार ७५४ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ३५ लाख ९२ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।
यसैगरी नेपालमा ४ हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १५ जनाको ज्यान गएको छ।
३ सय २४ जना नयाँ संक्रमीत थपिएका छन भने निको हुनेको संख्या ५८४ रहेको छ।






