ज्ञाननाथ भट्टराई
विस्वब्यापी कोरोना भाइरस महामारी नेपालमा पनि तिब्र गतिमा फैलिरहेको छ। दैनिक यो रोगबाट संक्रमितको संख्या तिब्र गतिमा फैलिरहदा मृत्युदर पनि क्रमशः उकालो लागिरहेको छ जसले गर्दा देशका सम्पुर्ण क्षेत्र तहस नहस को अवस्थामा पुगेको छ।
यस्तो अवस्थामा कोरोना संक्रमण भन्दा पनि अत्यधिक डर र त्रासको कारण मनोबैज्ञानिक असरले सामान्य मान्छेलाइ अझ बढी सताइरहेको अवास्था बिद्यमान छ।
मैले एउटा स्वास्थ्यकर्मीको रुपबाट मनोबैज्ञानिक र मनोसामाजिक असरको अध्ययन गर्दा धेरै मानिसहरु अहिले मनोरोगबाट प्रताडित हुँदै गइरहेको पाएको छु।
अझ बढी स्वास्थ्यकर्मीहरु नै कोरोना त्रासको मनोरोगबाट ग्रसित हुनुपरेको छ।त्यसमा पनि प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी ,आधारभुत स्वास्थ्य केन्द्र,शहरी स्वास्थ्य केन्द्र अनि सामुदायिक स्वास्थ्य इकाई हरुमा कार्यरत स्वास्थ्यकर्मीहरु जो एउटा माक्सको भरमा दिनभर बिरामीको सेवा गरेर साझ परिवारसङ घुलमिल हुन पुग्दछन।
उनिहरु आफुमा कोरोना संक्रमण छ र परिवारमा जतिबेला नि सर्न सक्छ भन्ने भयले ग्रसित छ्न।जसको कारण धेरैमा शरीर तातो हुने,सास फेर्न गारो हुने , उल्टि आउला जस्तो हुने, ज्वरो आउने जस्ता समस्या देखा पर्न थालेका छन् ।
अहिले लकडाउनको समयमा घरभित्र बस्ने धेरै मानिसहरुमा पनि यस्ताखाले मनोरोगहरु देखा पर्न थालेका छन् ।दिनभर घरमा एक्लै बस्ने र सामाजिक सन्जाललाइ साथी बनाउनेहरुमा यस्ता समस्या अझ बढी देखिएको छ।
सामाजिक सन्जालमा भेटिने अत्यासलाग्दा समाचार,पोस्ट अनि मृत्युका खबरले धेरै मानिसहरुको मनस्थिति बिक्षिप्त पार्दै गइरहेको छ।एकोहोरो हुने ,शरीर तात्ने,अत्यधिक टाउको दुख्ने,आँखा तिरमिराउने,कमजोरी महशुस हुने ,अत्यधिक थकान हुने ,छाती भारी हुने तथा दुख्ने ,खान मन नलाग्ने जस्ता समस्या हरु कोरोना मनोरोगका कारण देखिइरहेका छन् ।
उक्त लक्षणले गर्दा फेरि उनिहरुलाइ कोरोना पो हो कि भन्ने भयले आत्मबल पनि कमजोर बनाइरहेको छ।यस्ता समस्याहरुबाट बच्नको लागि हामिले हाम्रो मनस्थिति बदल्नु आवस्यक छ।आत्मबल दरो बनाउने तथा मन बहलाउनु अत्यन्त जरुरी छ।
विभिन्न खेलहरु खेल्ने ,सामाजिक सन्जाल लाई बन्द गरि अन्य हास्य सम्बन्धिका टेलीफिल्महरु हेर्ने,साथिभाइसग फोन सम्पर्क मार्फत अन्य गफमा आफुलाइ ब्यस्त राख्ने,घरमा पनि अत्यधिक गफ गरेर बस्ने टेलिभिजनमा फिल्म या सिरियल हरु हेरेर समय बिताउनाले पनि यस्ता समस्या कम भएर जान्छ्न।
सामाजिक सन्जालमा पनि सकारात्मक कुराहरु पोस्ट गर्ने,मृत्यु तथा श्रद्धाञ्जली सम्बन्धि पोस्टहरु नगर्दा राम्रो हुन्छ।समस्या कम नभएमा मनोचिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।
पत्रकार साथिहरुले पनि समाचारको मूल्य बढाउने भन्दा पनि अहिलेको विषम परिस्थितिमा समाजलाइ राहत दिने गरि सकारात्मक ढंगबाट समाचार सम्प्रेषण गर्नु आवस्यक छ।
लेखक ग्रामथान गाउँपालिका मोरङ मा हेल्थ असिस्टेन्ट को रुपमा कार्यरत हुनुहुन्छ्।






