Home / Nepal / News / राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आईएसओ १५१८९ः२०१२ मान्यता प्रदान

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आईएसओ १५१८९ः२०१२ मान्यता प्रदान

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आईएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ ।

पछिल्लो समय विश्वमा नै कोरोना संक्रमणले मानव अस्तित्व नै जोखिमा पारिरहेको बेला नेपालको एउटै मात्र राष्ट्रिय प्रयोगशाला टेकुले ल्याब सुधार गरेर कोरोना परीक्षणमा विश्वास जितेकै कारण अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आईएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको हो ।

कोरोना संक्रमणका कारण लकडाउन भएकाले नेपालमै पहिलो गुणस्तरमापन आईएसओ प्राप्त गर्ने सरकारी निकायको पहिलो संस्था राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्वास्थ्य सेवा विभागमा औपचारिकता पूरा गरी मंगलबार प्रमाणपत्र उपलब्ध गराएको हो ।

आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई साक्षी राख्दै विभागमा प्रयोगशालाका निर्देशक डा. रुणा झालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *