Home / Nepal / पर्यटन उद्योगलाई संकटकाल घोषणा गर्न माग

पर्यटन उद्योगलाई संकटकाल घोषणा गर्न माग


होटल व्यवसायीले पर्यटन उद्योगलाई संकटकाल घोषणा गर्न माग गरेका छन् ।

काबु बाहिरको परिस्थितिमा परी होटल व्यवसाय सञ्चालन गर्न समस्या परेको कारण संकटकाल घोषणा गरी कर्मचारीलाई बेतलवी बिदा दिने वातावरण मिलाउनको लागि आग्रह गरेका हन् ।

केही दिनअघि कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले राहतको व्याकेज घोषणा गर्न सरकार तयार रहेको अवस्थामा बुँदागत माग ल्याउनको लागि आग्रह गरेका थिए । यसै सन्दर्भमा होटल व्यवसायीले संकटकाल घोषणा गर्न माग गरेका हुन् ।

व्यवसायीले सामान्य अवस्थामा फर्कन २ वर्षको अवधि लाग्ने भन्दै २ वर्षको लागि सम्पूर्ण होटलको ऋणको ब्याज छुट माग गरेका छन् । त्यस्तै, कर्मचारी बिदा गर्नुपर्ने अवस्था आएकोले सो समयको पारिश्रमिकमा १२.५ प्रतिशत होटल व्यवसायी र अन्य पारिश्रमिक सरकारलाई उपलब्ध गराइदिन माग गरेका छन् ।

गत वर्ष भुक्तानी गरेको भ्याट रकम फिर्ता मागिएको छ भने एकीकृत सम्पत्ति कर २ वर्षको लागि छूट मागिएको छ । त्यस्तै, कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारण आगामी २ वर्षको लागि स्थगत गर्न पनि व्यवसायीले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *