Home / Nepal / कोरोनाबारे भ्रामक सन्देश फैलाउने व्यक्ति पक्राउ

कोरोनाबारे भ्रामक सन्देश फैलाउने व्यक्ति पक्राउ

कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार रामेछापका विवेक थापा मगरलाई पक्राउ गरिएको हो । उनी भक्तपुरको सिपाडोलामा बस्दै आएका थिए ।

झूट्टा प्रचार गरेको अभियोगमा साइबर ब्यूरोले नियन्त्रणमा लिएको प्रवक्ता थापा क्षेत्रीले बताए । शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको भन्दै भ्रामक अडियो सन्देश सामाजिक संजालमा भाइरल भएको थियो ।

अस्पतालले उपचारत कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण नभएको स्पष्ट पारेको थियो । साथै भ्रामक अफवाह फैल्याउने व्यक्तिलाई पक्राउ गरी कारवाही गर्ने आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *