Home / Nepal / नियमित च्याउ खाएमा कुपोषण लाग्नबाट बच्न सकिन्छ : सापकोटा

नियमित च्याउ खाएमा कुपोषण लाग्नबाट बच्न सकिन्छ : सापकोटा

सामाजिक, आर्थिक हिसाबले पनि पोषणयुक्त खाना उपयोग गर्न नसक्ने अवस्थाले गर्दा नेपाली समाजमा कुपोषणको समस्या यत्रतत्र देखिन्छ ।

तर च्याउमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्त्वहरूको मात्रा प्रचुर मात्रामा पाइने भएकोले च्याउखेती तथा त्यसको उपयोगवाट हाम्रो शरीरलाई चाहिने आवश्यक पोषक तत्त्वहरू सर्वसुलभ रूपमा उपलव्ध हुन सक्दछन् ।

साथै च्याउमा पाइने विभिन्न औषधीय गुणका कारण पनि हाम्रो जस्तो समाजमा च्याउको उपयोगमा व्यापकता अपनाउनु अत्यावश्यक देखिन्छ ।


च्याउ एक किसिमको हरितकण नभएको ढुसी वनस्पति हो । च्याउ खेतीको महत्व च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ ।

त्यस्तै च्याउँमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौ वटै एमिनो एसिड पाइन्छ । च्याउँमा पानीको मात्र ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । च्याउँ क्यानसर, मुटुरोग जस्ता रोगहरु लाग्नवाट बचाउँछ ।

त्यसैले नियमित त्यसमा च्याउ खाएमा कुपोषण लाग्नबाट बचाउँछ । गर्वभती महिलाको लागि चाहिने पौष्टिक खानेकुरामा च्याउँ पनि महत्वपूर्ण छ ।

गर्वभति महिलालाई हुन सक्ने वा सुत्केरी अवस्थामा हुन सक्ने पौष्टिक आहारको कमीले हुने विभिन्न कमी कमजोरीवाट बचाउँछ ।

च्याउ खेती कम खर्चवाट पनि सजिलै गर्न सक्ने हुदा गरि सकेपछि जीवनस्तर मद्दत पु¥याउँछ । च्याउँमा क्यालसियम पनि प्रशस्त मात्रमा पाइने हुदा बडि बलियो बनाउन सहयोग पु¥याउँछ ।

च्याउँ खेती गर्न धेरै श्रम नचाहिने हुदा किसानहरु आफनो बचेको समयमा यसको खेती गर्न सक्छन् ।


च्याउ व्यावसायीहरुको छाता संगठन च्याउ उत्पादक किसान संघ नेपालको तथ्यांकअनुसार वार्षिक रूपमा कन्ये च्याउको बीउमात्र करिब १५ करोड रुपैयाँबराबरको हुने गरको छ भने ग्रोबेको ७५ लाख, सिताकेको ५५ लाख, मिल्कीको ३ लाख र ग्यानोडर्माको १ लाखबराबरको बीउ उत्पादन तथा बिक्री–वितरण भइरहेको छ ।

खानका लागि बजारमा पठाइने च्याउ नेपालमा मात्र वार्षिक करिब ८० लाख किलो अर्थात् १ अर्ब रुपैयाँ बराबरको त कन्ये च्याउ नै छ ।

त्यस्तै करिब २७ करोडको गोब्रे च्याउ, करिब साढे ७ करोडबराबरको सिताके र अन्य प्रकारका करिब ३० लाख रुपैयाँबराबरको छ ।

हामीले स्थानीय बजारमा सिधै पठाउने ताजा च्याउको अवस्था हो यो । नेपाली उत्पादनले मागको २५ प्रतिशत हिस्सा मात्र ओगटेको हाम्रो अनुमान छ ।

ठूला होटल र रेस्टुराँमा प्याक गरिएका च्याउहरू प्रायः आयातकै भरमा चलेका छन् ।

प्रत्यक्ष रूपमा ३५ हजारको रोजगारी, बीउ उत्पादनमा मात्र निजी क्षेत्रको लगानी करिब ७५ करोड र च्याउ उत्पादनमा निजी क्षेत्रको १ अर्ब २५ करोड लगानी रहेको आंशिक तथ्यांक छ ।

हालको मुल्य नै हेर्ने हो भने सस्तोमा नै उपभोक्तालाई च्याउ उपलब्ध गराइरहेको च्याउ व्यवसायीहरुको यथार्थ चित्रण छ ।

मुख्य कुरा, उपभोक्ताको चासोले नै हामीलाई च्याउ उत्पादनमा लाग्न ऊर्जा मिलिरहेको छ । यसको महत्व बुझेर उपभोक्ताले च्याउ उपभोगको मात्रा भने बढाइरहेका छन् । ।

उपभोक्ताले बुझेर खाए पनि नबुझेर खाए पनि खपत बढेको छ, तर उपभोक्ता सचेतना निकै बढेकाले बुझेरै खाएका छन् भन्ने लाग्छ ।

किनभने च्याउमा हाम्रो शरीरलाई चाहिने १२ तत्वमध्ये ९ तत्व पाइन्छन् । यो आफैंमा महत्वपूर्ण छ । आइरनको प्रमुख स्रोत हो ।

संसारमै धेरै च्याउ उपभोग गर्ने फ्रान्सका नागरिकमा सबैभन्दा कम क्यान्सरको सम्भावना छ ।

सजिलै पचाउन सक्ने प्रोटिन यसमा पाइन्छ । भिटामिन ए, बी, सीदेखि कार्बोहाइड्रेडसम्म यसमै पाइन्छ ।

४२ प्रतिशतसम्म (सिताके च्याउ) फाइबर यसमा पाइन्छ । च्याउले स्मरणशक्ति बढाउन पनि सहयोग गर्छ ।

च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ ।

ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान हुन्न भन्ने उपदेश दिए बाटै बाहुनले च्याउ खानहुन्न भन्ने उखान बनेको पाइन्छ ।


अहिले सम्मको अनुसन्धानले विश्वमा प्राय सबै देशमा च्याउ पाइने गरेको छ । अनुसन्धानबाट अहिलेसम्म विश्वमा ३ हजार ८ सय च्याउको प्रकार पत्ता लागेको छ ।

अध्ययनले देखाए अनुसार पत्ता लागेको च्याउको प्रजातिहरुमा १ हजार प्रकारका च्याउ विषालु पाइएको छ ।


प्राकृतिक रुपले जंगल, खेतवारी, खुल्लाचौर र सडक किनारमा समेत बर्षाको समयमा उभ्रिने दुईहजार जातिका च्याउमा भने विष नहुने र खान हुने कुरा अध्ययनले देखाएको छ ।

बाकी २ सय जातिका च्याउ औषधिको गुणयुक्तका प्रजातिमा पनि भेटिएको छ । ति मध्य ६ जातिका च्याउ अति दुर्लभ मानिएको छ ।


यसरी प्राकृतिक रुपमा पाईने च्याउमा प्रोटिन, भिटामिनहरुमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, एमिनो एसिड जस्ता तत्व पाइने कुरा च्याउको बारेमा अध्यन गर्ने वैज्ञानिकहरुले बताएका छन् ।


त्यसैगरी च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा वोसो नगन्य मात्रामा हुन्छ ।

च्याउमा स्टार्च हुदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रुपमा च्याउको स्वादका पारखीहरुले खाने गर्दछन् ।


राष्ट्रिय कृषि अनुसन्धान परिषद्, नार्कले गतबर्ष राजधानी र आसपास मकवानपुरका केही भागमा प्राकृतिक रुपले पाइने जंगली च्याउको ३ सय भन्दा बढि प्रजातिका पहिचान गरेको थियो ।

अध्ययनमा भेटिएका विषालु च्याउका प्रजातिमा ६ ग्रामको च्याउको छाताले मानिसको मृत्यू समेत हुने अति विषालु च्याउ समेत भेटिएको कुरा च्याउ विशेषज्ञ हरिशचन्द्र वास्तोलाले वताएका छन् ।


भेटिएका विषालु च्याउमा आमानित स्पेसिज प्रजातिका १५ थरि रहेका छन् । यस बाहेक कोपिरनस, डाल्डिनिया, गाइनोफिलसा, रामारिया र रिपियोटा प्रजातिका च्याउ पनि भेटिएका छन् ।

नार्कको यो अध्ययनले जंगली च्याउमा २० प्रतिशत विषु र १० प्रतिशत मात्र खान हुने तथ्याक रहेको छ ।
जंगलमा पाइने धेरै प्रजातिका च्याउ खानका लागि उपयोगी नभएको कुरा नार्कले जनाएको छ ।

नार्क बाली रोग महाशाखाका अनुसार विषालु च्याउको पराग हावाले उडाएर एकठाउँबाट अर्को ठाउँमा लैजाने हुनाले जुनसुकै ठाउँमा पनि विषालु च्याउ उम्रन सक्दछ ।


नार्कको अध्ययन अनुसार नेपालको हिमाली हावापानीमा अर्थात चिसो हावापानीमा खानयोग्य भेटिएको गुच्छे च्याउ धेरै पौष्टिकयुक्त हुन्छ ।

औषधिको रुपमा समेत प्रयोगमा आउने गुच्छे च्याउको वजार मूल्य २०/२५ हजार प्रतिकिलोको हाराहारीमा रहेको छ । यो च्याउको व्यवसायिक खेती केही सस्थाहरुले सुरुवात गरीसकेका छन् ।

पौष्टिक हिसाबले निपुर्ण च्याउले रोजगार दिने मात्र होइन नेपालको खाध सुरक्षाको लागि समेत महत्वपुर्ण भुमीका खेलेको छ ।

लेखक सापकोटा एग्रो टाइम्स मिडिया नेटवर्कका समेत प्रबन्ध निर्देशक हुन् सापकोटाले डेढ दशकदेखी कृषिको पत्रकारीता गरीरहेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *