Home / Nepal / News / फेरि १८ जना संक्रमित थपिए, सन्क्रमितको संख्या ३७५ पुग्यो (अपडेटेड)

फेरि १८ जना संक्रमित थपिए, सन्क्रमितको संख्या ३७५ पुग्यो (अपडेटेड)

काठमाडौं । नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । 

 हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए । 

अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ संख्या पुष्टि भएको हो ।

धनुषा निवासी २ जना पुरुष, खोटाङ निवासी एकजना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिसकोट निवासी १ जना पुरुष, सुनसरी निवासी एकजना पुरुष र झापा निवासी एकजना पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *