Home / Nepal / झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ३ पुग्यो

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ३ पुग्यो

दमक । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक उपचारपछि घर फर्किएका छन् ।

यसअघि दमक नगरपालिका र वाह्रदशी गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईले कचनकवल गाउँपालिका ६ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाए ।

चम्लागाईका अनुसार उनी चार दिनअघि भारतको मुम्बईबाट आएका थिए । उनमा केही दिनअघि आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *