Home / Nepal / कोरोना सङ्क्रमित दाङका युवाको ट्राभल हिस्ट्री : उनी टिचिङ हस्पिटल काठमाडौंमा काम गर्थे

कोरोना सङ्क्रमित दाङका युवाको ट्राभल हिस्ट्री : उनी टिचिङ हस्पिटल काठमाडौंमा काम गर्थे

देउखुरी । कोरोना सङ्क्रमित देखिएका दाङ तुलसीपुर वडा नम्बर ७ का ३४ बर्षीय पुरुष काठमाडाैँको त्रि.वि. शिक्षण अप्पातलमा कार्यरत स्वास्थ्यकर्मी रहेको बुझिएको छ ।

उनको परीक्षण काठमाडौँमै भएको भए पनि चैत १८ गते दाङ घर आएर काठमाडाैँ फर्किएको पाइएकोले यसबारे थप अनुसन्धान गरिहेको तुलसीपुर नपा ७ नम्बर वडा अध्यक्ष टोपवहादुर केसीले जानकारी दिनुभयो ।

”उहाँ आएर गएको भन्ने बुझएिको छ, सो समयमा उहाँ कहाँ जानुभयो भन्ने खुलेको छैन हामी यसमा पहिचान थालेका छौँ”, वडाअध्यक्ष केसीले भन्नुभयो ।

भारतको गोरखपुर र मुम्बइबाट आएका ३६ र २३ वर्षीय पुरुषमा सङ्क्रमण


यस्तै, भारतबाट आएका दाङ गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुइजनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरूसँगको सम्पर्क पहिचान थालिएको छ ।

भारतको गोरखपुर र मुम्बइबाट आएका ३६ र २३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरूको लमहीमा स्वाब सङ्कलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र थप परीक्षणको लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो ।


सङक्रमित दुइजनालाई शुक्रबार राति दाङको बेलझुण्डी अस्पतालमा लगिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।


कृष्णनगरबाट एम्बुलेन्समा दाङ


सङक्र्मित दुवैजनालाई कपिलवस्तुको कृष्णनगरबाट स्थानीय जनप्रतिनिधिको पहलमा एम्बुलेन्सबाट गढवा ल्याइएको थियो । उनीहरू कृष्णनगरमा सात दिन क्वारेनटाइनमा बसेका थिए ।

कृष्णनगरको क्वारेनटाइनमा बस्न समस्या भएको भन्दै वडा कार्यालयमा परिवारले दबाब दिएपछि कोरोना पोजिटिभ देखिएका दुइजनासहित पाँचजना दाङ आएका थिए । त्यीमध्ये एकजना दाङ बंगालाचुलीनिवासी कालाकाटेमा उत्रिएका थिए ।


सङक्रमित दुइजनालाई घर जना नदिएर सिधै क्वारेनटाइनमै राखेर बिहीबार स्वाब सङ्कलन गरेर परीक्षणको लागि पठाइएको थियो ।

उनीहरू बसेको क्वारेनटाइनमा अन्य आठजना पुरुष पनि बसेका छन् । आठ जनामध्ये सातजना भारतबाट एकजना बर्दियाबाट आएको खुलेको छ ।

अहिले सङक्रमितलाई कृष्णनगरबाट गढवा र गढवाबाट लमही स्वाब सङ्कलन गर्न ल्याउने दुवै एम्बुलेन्सका चालकलाई गढवाको क्वारेनटाइनमा राखिएको छ ।

यो बिचमा एम्बुलेन्समा अन्य व्यक्त्तिहरूलाई पनि चढाएको बुझिएकोले यस विषयमा पहिचान थालिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *