काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ६ जना संक्रमित भेटिएका छन् । बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।
बर्दिया नार्खु ११ की २८ वर्षिय महिला, सिरहा सखुवा १९ का ३० वर्षिय पुरुष, पर्सा वीरगञ्ज १२ का २८ र २९ वर्षका दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षिया महिला, चितवन गढौली १ निवासी २५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो ।
अब नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।






