Home / Politics / नारायणकाजी श्रेष्ठले एकवर्ष बैकठ भत्तावापतको कुनै पनि सुविधा नलिने

नारायणकाजी श्रेष्ठले एकवर्ष बैकठ भत्तावापतको कुनै पनि सुविधा नलिने

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ कारण मुलुकले ठूलो चुनौतीको सामना गर्नुपरेको भन्दै एकवर्ष बैठक भत्तावापतको कुनै पनि सुविधा नलिने बताएका छन् ।

उनले कोरोना प्रकोप स्वतन्त्र एवम् आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्ने पनि बताएका छन् । 

माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै उनले लेखेका छन्, “कोभिड–१९बाट हाम्रो देशसमेत सबै क्षेत्रमा प्रभावित भएको छ ।

आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ ।

तर यो स्वतन्त्र एवम् आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ । त्यसको लागि दृढ संकल्पको खाँचो छ । पेट कसेर भए पनि देश बनाइ छाड्छौं । दुःख गरौं । फेरौं ।”

 उनले सांसद विकास कोष कम्तीमा आगामी वर्ष खारेज गर्न जोड दिएका छन् । त्यो रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्न अनुरोध गरेका छन् ।

“त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु– सांसद विकास कोष’ कम्तिमा आगामी वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गरौं । समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं,” उनले ट्विट गरेका छन् ।

यसका लागि सार्बजनिक खर्चमा कटौती, मितव्ययीता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि जरुरी हुने उनले बताएका छन् ।

“यस सन्दर्भमा म एक वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु । संघ र प्रदेशका अन्य मित्रहरूलाई पनि सोच्न अनुरोध छ,” उनले सबै सांसदलाई आग्रह गरेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *