Home / Nepal / News / कोरोना भाइरसमुक्त भएपछि विराटनगरबाट एकजना डिस्चार्ज

कोरोना भाइरसमुक्त भएपछि विराटनगरबाट एकजना डिस्चार्ज

विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एकजना कोरोना भाइरसमुक्त भएपछि शुक्रबार डिस्चार्ज गरिएको छ ।

उदयपुरको भुल्केबाट गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान डिस्चार्ज हुनुभएको हो ।


सुल्तान डिस्चार्ज भएसँगै कोभिड–१९ उपचार केन्द्रबाट १७ जना निको भएर घर फर्कनुभएको छ । अस्पतालमा अझै १८ जना उपचाररत रहनुभएको छ ।

डिस्चार्ज हुनुभएका भारतीय नागरिक सुल्तानलाई रानी मरकजको क्वारेन्टीनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश १ मा ३५ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । जसमध्ये उदयपुर ३२ जना, झापामा दुई र भोजपुरको एकजना रहनुभएको थियो ।

हालसम्म उदयपुरका १५ जना झापाका एकजना र भोजपुरका एक जनाले कोरोनाभाइरस पराष्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *