Home / Politics / पूर्वराजा ज्ञानेन्द्रले समेत पाएनन् काठमाडौं आउन गृहको अनुमति

पूर्वराजा ज्ञानेन्द्रले समेत पाएनन् काठमाडौं आउन गृहको अनुमति

काठमाडौं । लकडाउनको समयमा झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई गृह मन्त्रालयले काठमाडौं आउन पास नदिने निर्णय गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसारआज पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।

प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो।

तर गृहले सो निवेदन पनि खारेज गरेको हो। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन गरेका थिए।

गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ।

मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ।

तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *