Home / World News / प्रख्यात हास्यकलाकार भारती सिंह लागु औसध कारोबारको आरोपमा पक्राउ

प्रख्यात हास्यकलाकार भारती सिंह लागु औसध कारोबारको आरोपमा पक्राउ

एजेन्सी: लागूऔषध अनुसन्धान एजेन्सी (एनसीबी) ले प्रख्यात हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा शनिबार बिहान छापा मारेको छ।

छापा मारिएपछि एनसीबीले उनिहरु दुवैलाई सोधपुछका लागि कार्यालयमा लगेको छ। एनसीबीले भारती सिंहको घरबाट लागु औसध समेत बरामद गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छ्न।

एनसीबीले भारती सिंहका पति हर्षलाई आफ्नो गाडीमा लिएर गएको थियो भने भारती आफ्नो रातो मर्सिडीजमा एनसीबी कार्यालय पुगेकी थिइन।

समाचार एजेन्सी एएनआईका अनुसार एनसीबी मुम्बईका अञ्चल निर्देशक समीर वानखेडेले भारतीको पति र भारती दुवैलाई एनसीबीले लागू पदार्थको बारेमा सोधपुछको लागि पक्राउ गरेको जनाएका छ्न।

ड्रग्सको कारोबारको आरोपमा पक्राउ परेका हरु सङको बयानको क्रममा भारती सिंहको नाम जोडिएपछी उनीहरुलाइ सोधपुछका लागि पक्राउ गरिएको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *