काठमाडौं : काठमाडौंको कपनबाट अपरहण भएको भनिएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन्। उनी भारतको बिहारस्थित आफ्नै हजुरबुबाको घरमा भेटिएका हुन्।
प्रहरीका अनुसार सोमबार अपराह्न ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर भारत पुगेको अनुसन्धानबाट खुलेको थियो। दास र पियुसका आफन्त एकअर्कासँग परिचित थिए।
एक उच्च प्रहरी अधिकारीले भने,“पियुसले दासलाई माया गर्दा रहेछन् । दासले मदिरा पिएको बेला पियुसलाई आफैसँग बिहार लगेको देखिन्छ । बिहारमा पियुसका बाजे बस्दै आएका छन् । त्यही पियुसलाई छाडेका छन् । यस्तोमा अपरहण नै हो भनेर भन्न सकिएन । उनलाई नेपाल ल्याइँदैछ ।”
प्रहरीले दासमाथि अनुसन्धान गर्ने बताएको छ। भारतीय प्रहरीको सम्वन्यमा पियुस र दासलाई नेपाल ल्याउने तयारी छ।






