Home / Nepal / भक्तपुर अस्पतालले ल्यायो निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा

भक्तपुर अस्पतालले ल्यायो निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा

भक्तपुर : कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ।

अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्।

अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा. सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ देखि २ बजेसम्म सञ्चालन गरेको छ। अस्पतालले प्रत्येक बुधबार १० देखि २ बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *