Home / Nepal / क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु, कोरोना परीक्षणको तयारी

क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु, कोरोना परीक्षणको तयारी

डडेलधुरा । डडेलधुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको हो।

ती बालक आमाबुबासँगै शनिबार नै गौरीफन्टा नाका भएर भारतबाट आएका थिए।

मुम्बई स्थित एक अस्पतालमा मलेरिया रोगको उपचार गराइरहेका उनी शनिवार डडेल्धुरा पुगेर क्वारेन्टाईनमा रहेका बालक राति एकाएक समस्या आएपछि थप उपचारका लागि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

कोरोना परीक्षणका लागि बालकको स्वाब संकलन गरी कैलाली प्रयोगशालामा पठाइने डडेलधुरा अस्पतालले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *