Home / Nepal / नियमित दूध सेवन गरौँ रोग प्रतिरोधात्मक क्षमता बढाऔँ भन्ने नाराका साथमा विश्व दुध दिवश जनाइदैँ

नियमित दूध सेवन गरौँ रोग प्रतिरोधात्मक क्षमता बढाऔँ भन्ने नाराका साथमा विश्व दुध दिवश जनाइदैँ

२१ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी सोमबार अर्थात जुन १ तारीखमा मनाइदै छ । दुग्ध क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘नियमित दूध सेवन गरौँ रोग प्रतिरोधात्मक क्षमता बढाऔँ भन्ने नाराका साथ यो बर्षको दिवस मनाउन लागिएको हो ।


नेपालमा भने यो दिवस मनाउन थालिएको दशौँ वर्ष हो । संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन एफएओको संयोजकत्वमा विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसका रुपमा सन् २००१ देखि मनाइँदै आइएको छ ।

नेपालमा मनाइने दिवसमा दुग्ध विकास बोर्डको संयोजकत्वमा, पशुसेवा विभाग, राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरीहरभवन ललितपुर, दुग्ध विकास संस्थान काठमाडौँ, केन्द्रीय दुग्ध सहकारी संघ काठमाडौँ, नेपाल डेरी एसोसिएसन काठमाडौँ, डेरी उद्योग संघ काठमाडौँ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघ काठमाडौँ, नेपाल डेरी साइन्स एशोसिएसन लगायतका संघ–संस्थाले सहकार्य गरेका छन् ।


एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तिमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७२ लिटर छ । गत वर्ष मुलुकभर १९ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ ।

नेपालमा उत्पादन हुने दूधको बरीब १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट दुग्ध सहकारी र उद्योगमार्फत कारोबार हुँदै आएको छ भने ३३ प्रतिशत अनौपचारिक रुपमा उपभोक्तासम्म जाने गरको छ ।

५० प्रतिशत दूध कृषक आफैंले उपभोग गर्ने गरेको तथ्यांक छ ।


‘नियमित दूध सेवन गरौँ रोग प्रतिरोधात्मक क्षमता बढाऔँ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा दूधसित सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले जनचेतनामुलक कार्यक्रम गर्दैछन् ।

नेपालमा अझै माग अनुसारको दूध उत्पादन हुन सकेको छैन । वर्षमा झण्डै १६ लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ ।


राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायहरुको सहयोगमा ूनियमित दूध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔंंू नाराका साथ दशौं विश्व दूध दिवस जेठ १९ गते तदनुसार व्गलभ ज्ञ का दिन बिभिन्न कार्यक्रमहरु गरी मनाउने भएको छ ।


दूध एक फाइदा अनेक


दूध स्तनधारी प्राणीको लागि प्रथम खाद्यपदार्थ हो । बच्चा जन्मेपश्चात आमाले दूध सेवन गराउने सर्व विदित्तै छ ।

जन्मेको ५ देखी ७ दिनको विगौती दूधमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता हुने विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

जीवकोष, तन्तु तथा मांसपेशी, हाड, नशा आदि शरीर संरचनाका हिस्साहरु बन्न दूधको मुख्य भूमिका हुन्छ । तसर्थ शिशुहरुको शारीरिक वृद्धि विकास हुदै किशोर, युवा एवं वृद्धा आवस्थामा प्रवेश गर्दछ ।

दूध हरेक उमेर, अवस्थाका मानिसहरुलाई चाहिन्छ । दूधको महिमा पौराणिक ग्रन्थहरुमा पनि श्रीकृष्णले नौनी चोरेर बालशाखाहरुलाई खुवाउने गरेको र हालसम्म पनि हिन्दू धर्मावलम्वीहरुले पुराण लगाउंदा पञ्चामृतका रुपमा दूध, दहि, घीउ, मिश्री एवं मह राखी प्रसादको रुपमा चढाउने तथा ग्रहण गर्ने गरेको यथार्थ हिन्दु धर्मग्रन्थहरुमा उल्लेख भएको विदितै छ ।

यसबाट दूध र दुग्ध पदार्थहरुको महत्व तथा उपयोग प्राचीन कालदेखि रहदै आएको पुष्टि हुन्छ ।


दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरु पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो ।

दूधको पौष्टिक महत्वको साथसाथै सुपाच्य हुने हुँदा शिशुहरु एवं रोगी तथा बृद्ध मानिसहरुलाई दूध खुवाउने गरिन्छ । सन्तुलित रुपमा दूध तथा दुग्ध पदार्थको सेवन गरी दैनिक आवश्यक पर्ने शक्ति आपूर्ति हुनाको साथै शरीर तन्दुरुस्त हुन्छ ।


नेपाल खाद्य नियमावली अनुसार (मानक प्रशोधित) दूधमा ३ प्रतिशत चिल्लो पदार्थ एवं ८ प्रतिशत चिल्लो रहित अन्य ठोस पदार्थ हुनु पर्दछ ।

मानक प्रशोधित दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।


हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को उपचारको लागि कुनै औषधी तथा खोप बन्न नसकेको सन्दर्भमा रोगसंग लड्ने तथा शारीरिक तन्द्रुष्टि बनाई राख्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प हो ।

दूधले शारीरिक क्रियाकलाप, दैनिक कार्य, शारीरिक बृद्धि विकास गर्न सहयोग गर्दछ ।

दूधको पौष्टिक महत्व


चिल्लो पदार्थः

चिल्लो पदार्थले शरीरलाई शक्ति प्रदान गर्दछ ।

आवश्यक भन्दा अधिक चिल्लो पदार्थ शक्तिको रुपमा सञ्चित रहन्छ । विरामी हुदा यही सञ्चित चिल्लो पदार्थ शक्ति दिन्छ ।
ल्याक्टोजः दूधमा हुने ल्याक्टोज अर्को शक्तिको श्रोत हो । ल्याक्टोजले तुरुन्त शक्ति प्रदान गर्छ र शरीरमा स्फूर्ति आई पुनःकाममा सक्रिय हुन मद्दत गर्दछ ।


प्रोटिन

दूधको सेवनले शरीरको कोषिका, तन्तु लगायत शारीरिक वृद्धि गर्दछ ।

शारीरिक काम गर्दा ती कोशिका, तन्तुहरु टुटफुट भएमा मर्मत सम्भारको काम समेत गर्दछ । प्रोटिन मेटावोजम भई शरीरलाई ताकत समेत दिन्छ ।


भिटामिन

दूधमा भिटामिन ए, डि, सी, ई, के, भिटामिन बि कम्प्लेक्स पाइन्छ । भिटामिन ए ले रतन्धो हुनबाट जोगाउने, प्रजनन क्षमताको विकास गर्ने तथा शारीरिक वृद्धि विकासमा सहयोग गर्दछ ।

भिटामिन डी ले हाड मजवुत बनाउनमा सहयोग गर्दछ । भिटामिन ई ले मांसपेशी मजबुत पार्दछ । त्यसैगरी चोटपटक लागेर रगत निस्किदा भिटामिन के ले रगत जमाउन मद्धत गर्दछ ।

भिटामिन सी ले गिजा सुनिनबाट जोगिन मद्दत गर्दछ । भिटामिन बि कम्प्लेक्सले शारीरिक बृद्धि हुने तथा खाना खाने रुची जगाउँदछ ।


खनिज पदार्थ

शरीर बृद्धिको लागि आवश्यक पर्ने लवणहरु क्यालसियम, फस्फोरस, म्यागनेसियम, क्लोरिन, पोटासियम, सोडियम आदि खनिज पदार्थहरु दूधमा पाईन्छन् । यसले शरीरिक सन्तुलन राख्नुका साथै शारीरिक विकास गर्दछ ।

बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ ।

दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग र्पुयाउछ । दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ ।

शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन ।

किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गा्निक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ ।

दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । दुधले शरीरलाई शक्ति दिने काम गर्छ ।

शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ । दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ ।

आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ ।

सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।


त्यसैले पोषणको हिसाबले निपुर्ण दुधको सेवनलाई नेपालमा मनाइरहिएको दशोैँ दुध दिवशको नारामा भने जस्तै अर्थात ‘नियमित दूध सेवन गरौँ रोग प्रतिरोधात्मक क्षमता बढाऔँ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *