काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८३ जना कोभिड–१९ संक्रमित थपिएका छन्। काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएका छन्। हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ४४२ छ ।
अहिले देशभर १७ हजार १२५ जना होम आइसोलेसनमा, एक हजार २९७ जना संस्थागत आइसोलेसनमा, ३६४ जना आईसीयू तथा १२० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।






