Home / Nepal / छात्रवृत्ति पढेका चिकित्सक र स्वास्थ्यकर्मीलाई खटाउने व्यवस्था मिलाउन प्रदेशलाई पत्राचार

छात्रवृत्ति पढेका चिकित्सक र स्वास्थ्यकर्मीलाई खटाउने व्यवस्था मिलाउन प्रदेशलाई पत्राचार

काठमाडौं : छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्न स्वास्थ्य सेवा विभागले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ।

छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ बमोजिम उनीहरूलाई परिचालन गर्न विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको हो ।

सामाजिक विकास मन्त्रालय मातहतमा रहने गरी आधारभूत अस्पतालमा कम्तीमा एकजना हुने गरी खटाउन र दुई वर्ष सेवा अवधि पूरा भएपछि म्याद थप गर्ने व्यवस्था नहुने गरी चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउन विभागले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *