Home / Society / शीर्षक :- चम्काउने हौ तिमी

शीर्षक :- चम्काउने हौ तिमी

लेखक-सोमनाथ दाहाल

छन्द :- शार्दूलविक्रीडित

गोर्खा शासन काल देश उनले थाले थिए एकता
हाम्रो देश छ भ्रष्ट बीच अहिले पार्ने भए शुष्कता ।
धेरै सङ्कट काल भेद नगरी विस्तारका उद्यमी
नेपाली जन वीर राष्ट्र बलियो चम्काउने हौँ तिमी।।

नेपाली जन एकता मुलुकले खोज्दैछ त्यो साथमा
तिम्राे नाम र दिव्य तस्बिर अहो! नेपालको माथमा।
हाम्रो यो मन भित्र युद्ध हलमा भो आज तिम्रो कमी
नेपाली जन वीर राष्ट्र बलियो चम्काउने हौँ तिमी।।

हाम्रो माथ र एकता मुलुकका सम्मान भाँडो बनी
पुस्ताले मन राख्छ दिव्य पदमा हे! शाह राजा भनी ।
धेरै शासन काल दिव्य पदमा ज्ञानी महासंयमी
नेपाली जन वीर राष्ट्र बलियो चम्काउने हौँ तिमी।।

हाम्रो देश छ एकता समयमा नेता भए बाँदर
नेता चोर्दछ देशका सहरमा विस्तारमा को छ र ।
राम्रा योग्य र वीर पुत्र सबले मान्दैछ तिम्रो कमी
नेपाली जन वीर राष्ट्र बलियो चम्काउने हौँ तिमी।।

राम्राे शासन राजकाज बलियो पृथ्वी पुनः चाहियो
भो सञ्चालक भ्रष्ट देश भरमा पीडा निकै पाइयो ।
सारा देश छ लूटतन्त्र हलमा त्यो युद्ध भो जोखिमी
नेपाली जन वीर राष्ट्र बलियो चम्काउने हौँ तिमी।।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *