Home / Nepal / News / कवि मीनकुमार नवोदितको कवितासङ्ग्रह`समयको बयान´लोकार्पण

कवि मीनकुमार नवोदितको कवितासङ्ग्रह`समयको बयान´लोकार्पण

काठमाडौं : कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह समयको बयानको शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले लोकार्पण गरेका छन्।

कार्यक्रममा कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिन्चन, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष र शकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृर्तिबाट एक एक कविता वाचन गरेका थिए ।

कवि नवोदितले आफ्ना काव्ययात्राका सहयोगीप्रति हार्दिक आभार व्यक्त गरे ।

कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत भाषण गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि मनोज नेउपानेले गरेका थिए। समयको बयान कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो।

कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, डा. गार्गी शर्मा, महेश प्रसाई, श्रीॐ श्रेष्ठ रोदन, भागीरथी श्रेष्ठ, पुष्कर लोहनी, युवराज नयाँघरे, राजेन्द्र गुरागाई, प्राज्ञ गङ्गा सुवेदी, विधान आचार्य, श्याम प्रधान, प्रधुम्न जोशी, जयदेव भट्टराई, राजेश खनाल, प्राज्ञ नन्दु उप्रेती, ऋषवदेव घिमिरे, कमला रिसाल, मीरा गोतामे, डा. शान्तिमाया गिरि, रन्जना निरौला, विजय कट्टेल छहरा, कृष्ण भण्डारी मार्सेली, नीता श्रेष्ठ , विन्दु अधिकारी ढकाल, सरिता तुलाधर, इन्द्रकुमार श्रेष्ठ सरित, सोझो गाउले, महेश कार्की क्षितिज, प्रकाश घायल, मीना श्रेष्ठ, राधिका गुरागाई, तारानाथ गौतम, टेक तामाङ, अनुज श्रेष्ठ पृथक आदिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *