काठमाडौं : एभरेष्ट बैंकले उत्सवमय अफर ल्याएको छ।
यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा”,आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रायोजनको लागि “व्यक्तिगत कर्जा” योजना ल्याएको बैंकले जनाएको छ।
घर कर्जा ७.४८ %, साना तथा मझौला उद्योग कर्जा ७.२४%, गाडी कर्जा ६.८८%,मोटरसाइकल कर्जा ७.९९५% तथा व्यक्तिगत कर्जा ७.९९% ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।






