काठमाडौं : बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बसमा सवार बझाङ थलारा गाउँपालिका–५ बस्ने १८ वर्षीय अर्जुन नेपाली रहेका छन्। उनको आज बिहानै घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार मंगलबार बिहान पाटन नगरपालिका–८, झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो।
ढुंगा खसेर लाग्दा तीनजना घाइते छन्। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ।






