काठमाडौं : कास्कीमा विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भएका २१ वर्षीय कृष्ण पौडेल रहेका छन्।
प्रहरीका अनुसार पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।






