Home / Nepal / News / कोरोना विरुद्धको थप ४४ लाख डोज खोप चीन बाट बिहीबार नेपाल आइपुग्ने

कोरोना विरुद्धको थप ४४ लाख डोज खोप चीन बाट बिहीबार नेपाल आइपुग्ने

काठमाडौं : कोरोना विरुद्धको थप ४४ लाख डोज खोप चीन बाट बिहीबार नेपाल आइपुग्ने भएको छ।

नेपाल सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आगामी बिहीबार ल्याइने स्वास्थ्य सेवा विभाग अन्तरगत आपूर्ति शाखाले जनाएको छ। खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१ गते फर्किने तालिका रहेको छ।

यसअघि चीनबाट अनुदानमा र खरिद गरी जम्मा ७४ लाख डोज भेरोसेल खोप ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *