Home / Nepal / बुबासँग कानुनी लडाईं लडिरहेकी चर्चित गायिका ब्रिटेनीले गरिन् इंगेजमेन्ट

बुबासँग कानुनी लडाईं लडिरहेकी चर्चित गायिका ब्रिटेनीले गरिन् इंगेजमेन्ट

हलिउड : पछिल्लो केही महिनादेखि आफ्नो बुबासँग कानुनी लडाईं लडिरहेकी चर्चित अमेरिकन गायिका ब्रिटेनी स्पियर्सले इंगेजमेन्ट गरेकी छिन्।

उनले प्रेमी सेम अजगारीसँग इंगेजमेन्ट गरेको खबर आइतबार सार्वजनिक गरेकी हुन्। इन्स्टाग्राममा इंगेजमेन्टको हिराको औंठी देखाउँदै उनले दर्शकलाई जानकारी गराएकी हुन्। ३९ वर्षिय गायिका स्पियर्सको यो तेस्रो इंगेजमेन्ट हो। सेमले पनि सामाजिक सञ्जालमा यो खबर सार्वजनिक गरेका छन्।

ब्रिटेनीले यो खबर उनका बुबाले संरक्षकत्वबाट हट्न तयार भएको भन्दै अदालतमा निवेदन दिए बापत गरेकी हुन्।पछिल्लो १३ वर्षदेखि ब्रिटेनीको व्यक्तिगत र व्यावसायिक पाटोमा कानुनी रुपमा उनका बुबाले कन्ट्रोल गर्दै आइरहेका थिए।

ब्रिटेनी र सेमको भेट सन् २०१६ मा म्युजिक भिडियो ‘स्लम्बर पार्टी’को छायांकनको क्रममा भएको थियो। पहिलो भेटपछि उनीहरुबीच निकटता बढ्दै गयो र पछि प्रेमसम्बन्धमा परिणत भयो ।

यसअघि उनको केविन फेडरलाइनसँग विवाह भएको थियो, केविन र उनको दुई छोराहरु छन् । त्यसअघि सन् २००४ मा बाल्यकालका साथी जेसन अलेक्जेन्डरसँग विवाह भैसकेको थियो । इन्डियन एक्सप्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *