काठमाडौं : विश्वकप छनोटअन्तर्गत फ्रान्सले बराबरी खेलेको छ। विश्व विजेता फ्रान्सले बराबरी खेल्दै अंक बाँडेको हो।
बुधबार राति फ्रान्सले बोस्यिना हर्जगोभिनासँग १–१ गोलको बराबरी खेल्यो। खेलमा सुरुवाती अग्रता भने बोस्यिनाले बनाएको थियो। इडिन जिकोले खेलको ३६औँ मिनेटमा पाहुना टोली बोस्यिनालाई अग्रता दिलाएका थिए।
एन्टोनी ग्रिजम्यानले टिमका लागि बराबरी गोल फर्काए । उनले खेलको ३९औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
स्पेनिस क्लब बार्सिलोनाबाट एट्लेटिको मड्रिडमा गएका ग्रिजम्यानका लागि त्यसपछिको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। ग्रिजम्यान एक वर्षका लागि लोनमा पुरानो क्लब फर्किएका हुन् ।
बराबरीसँगै फ्रान्सले चार खेलबाट ८ अंक जोडेको छ । फ्रान्सले दोस्रो स्थानको युक्रेनसँग ४ अंकको अग्रता बनाएको छ । युक्रेनले काजखस्तानसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो।






