Home / Nepal / कोरोना कहरका कारण राधाकृष्ण रथयात्रा खटमा सीमीत हुने

कोरोना कहरका कारण राधाकृष्ण रथयात्रा खटमा सीमीत हुने

बिराटनगर: देशकै सबै भन्दा ठुलो रथयात्राको रुपमा परीचित राधाकृष्ण रथयात्रा आज हुदैंछ। बिराटनगरको पानी टंकीमा स्थित राधाकृष्णको मन्दिरबाट सुरु भएर तिन पैनी, ट्राफिक चौक, महेन्द्र चोक, बरगाछी हुदैं पु:न पानी टंकीमा आएर समाप्त हुने उक्त रथयात्रा नेपालकै सबै भन्दा ठुलो रथयात्रा मान्ने गरीन्छ।

वि.स. १९८८ मा खटयात्राबाट सुरु गरीएको रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको थियो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा देशभरीबाट मात्र नभएर भारतका बिभिन्न ठाउँहरुबाट लाखौंको संख्यामा भक्तजनहरु सहभागि हुने गरेका छन ।

रथ छुँदा वा लठ्ठा समाएर तान्दा मात्र आफुले चिताएको पुग्ने पाप नास हुने भक्तहरुलाई राम्रो हुने जस्ता किम्बदन्तीहरु पनि रहेको उक्त रथयात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट तान्ने गरीन्छ।

कोरोना कहरका कारण यसपालि भने राधाकृष्ण रथयात्रा समारोह औपचारीकतामा सीमीत हुने भएको छ। यसपाली भने रथयात्राको सट्टामा खटयात्रामा सिमीत हुने र जसलाइ गाडीमा हालेर घुमाइने छ।

आज हुने खटयात्रालाइ राधाकृष्ण मन्दीरबाट रोडशेष चौक हुदैँ राजबंशी चौक पुगेर पुन राधाकृष्ण मन्दिर पुगेर समाप्त हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *