Home / Nepal / काठमाडौंका मेयरलाई फोहोर तत्काल उठाउन देउवाकाे निर्देशन

काठमाडौंका मेयरलाई फोहोर तत्काल उठाउन देउवाकाे निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री निवास बालुबाटारमा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

“सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ। प्रधानमन्त्री देउवाले सरकारका अरू निकायबाट आवश्यक समन्वय र सहयोग हुने भन्दै जसरी पनि काठमाडौंको फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *