काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण भएर सञ्चो भइसकेका व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउनु पर्ने छ।
पहिले नै कोभिड–१९ संक्रमण भएर अहिले सञ्चो भइसकेकाहरुले पनि कोभिड–१९ विरुद्धको खोप लगाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।
“एकपटक कोभिड–१९ लागिसकेको व्यक्तिले कोभिड–१९ विरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि अहिलेसम्म यकिन गर्न सकिएको छैन,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “त्यसैले कोभिड लागेर निको भएको एक महिनापछि आफ्नो पालो आएपछि खोप लगाउनु पर्छ।”
कोरोना संक्रमण भएर निको भइसकेका व्यक्तिले खोप नलगाए पनि हुन्छ भन्ने भ्रम रहेको भन्दै मन्त्रालयले अनावश्यक हल्लामा विश्वास नगर्न मन्त्रालयले भनेको छ।





