Home / Nepal / News / कहिले हेर्न पाइन्छ त अक्षय कुमारको ‘बेल बटम’ अनलाइनमा ?

कहिले हेर्न पाइन्छ त अक्षय कुमारको ‘बेल बटम’ अनलाइनमा ?

काठमाडौं : बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित चलचित्र ‘बेल बटम’ हल यही अगस्ट १९ तारिखमा भारतका केही हलसहित विदेशमा एकैसाथ रिलिज भएको छ।

कोरोना कहरका कारण पटक–टिक रिलिज मिति स्थगित गरिएको यो चलचित्र अन्ततः हल रिलिज भएको हो । यो चलचित्र आफ्नो प्लेटफर्ममा रिलिज गराउन धेरै ओटीटी प्लेटफर्महरूले ठूलो रकमको प्रस्ताव चलचित्र निर्माण टिमलाई गरेका थिए ।

यद्यपि, अभिनेतालगायत निर्माण टिम आफ्नो चलचित्र सानो पर्दामा नभई हलमा नै रिलिज गर्ने लक्ष्यसहित अघि बढेको हो।

कोरोनाका कारण बन्द भएका हल सञ्चालनमा आइनसकेका देशका दर्शक र हलमा जान डराउने दर्शक भने यसको डिजिटल रिलिजको पखाईमा छन्। नेटफ्ल्क्सि, अमेजोन प्राइम, डिज्नी प्लस हटस्टारलगायत प्लेटफर्ममा यसको प्रतीक्षा गरिरहेका दर्शकले अहिले चाँडै नै यो चलचित्र हेर्न पाउने कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन।

तर, हलमा रिलिज भएको एक हप्तापछि भने अनलाइन प्लेटफर्ममा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *