Home / Nepal / News / कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ स्वस्थ भएर घर फर्किइन्

कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ स्वस्थ भएर घर फर्किइन्

काठमाडौं । फ्रान्सबाट आएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत १० गते उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् ।

उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको भोलिपल्टदेखि उनी अस्पतालमा उपचाररत थिइन् ।उनी गत चैत ४ गते नेपाल आएकी थिइन् ।

चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन् ।

तस्बीर :स्वास्थ्य मन्त्रालय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *