Home / Sports / लिग रद्द भएमा शीर्ष चार टीम छनोट हुने

लिग रद्द भएमा शीर्ष चार टीम छनोट हुने

मेड्रिड,एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले जारी सिजन रद्द भएमा हाल अंक तालिकाको उत्कृष्ट चारस्थानमा रहेको टोली आगामी वर्षको च्याम्पियन्स लिगको लागि छनोट हुने प्रस्ताव अघि सारेको छ।

कोरोना महामरीका कारण स्पेनिस ला लिगा गत १२ मार्चदेखि स्थगित रहेको छ।

यदि यो सिजनको बाँकी म्याच रद्द भएमा हाल अंक तालिकाको शीर्ष चार स्थान ओगटेका टोलीले सोझै च्याम्पियन्स खेल्ने पाउने प्रस्ताव गरिएको हो।

ला लिगाका सम्पूर्ण २० टिमले ३८ मध्ये २७औं चरणका म्याचहरु खेलिसकेका छन्।

वर्तमान अंक तालिका अनुसार, बार्सिलोना, रियल मेड्रिड, सेभिया र रियल सोसिडाड क्रमशः पहिलो देखि चौथो स्थानमा रहेका छन्।

त्यस्तै पाँचौ देखि सातौं स्थान ओगटेका गेटाफे, एट्लेटिको मेड्रिड र एथ्लेटिक बिल्बाओ भने युरोपको दोस्रो प्रतिष्ठित क्लब प्रतियोगिता यूरोपा लिगका लागि छनोट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *