च्याउ खाऔ, स्वस्थ रहौ!
च्याउ खाऔ, स्वस्थ रहौ!
प्रोटिनको खानी , भितामिनको रानी
रोगबाट जोगिन पोषिलो च्याउ खाने
म्याग्नेसियम, पोटासियम खनिज छ यसैमा
मोमो, पकौदा, रोस्ट , छोइला बनाएर खाने
(च्याउ खाऔ स्वस्थ रहौ)2
बाल बृद्ध, किशोर युवा गर्भबतिलाइ हुने
क्यान्सर बाट जोगिनलाइ नियमित च्याउ खाने
देशलाइ माया गरौ, कृषिको बिकाश गरौ
किसानलाइ सम्मान गरि स्वदेशी च्याउ खाने
(च्याउ खाऔ, स्वस्थ रहौ)2
कन्ये,गोब्रे,शिताके स्वादिलो, खोजी खोजी खाऔ
यार्सागुम्बा,ग्यानोदर्मा, हेरिसियम औषधि हो खाने
च्याउ एउता सुपर फूड हो जानी राखौ हामी
अब देखि सधै हामी नियमित च्याउ खाने
(च्याउ खाऔ स्वस्थ रहौ) 2
लेखक – आकाश बाडे






