काठमाडौं : ललितपुरमा महानगरपालिका–३, कान्तिपुर हाइटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रूपमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८, पाटन, सुन्धारा बस्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, सानोपोखरा घर भएकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं–१६, बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौंको काँडाघारी बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३, बाह्रबिसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रेको पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य छन् ।
यस्तै, काठमाडौं महानगरपालिका–२८, ढल्कु बस्ने झापाको दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं–६, कुमारीगाल बस्ने रुकुमको पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौंको बूढानीलकण्ठ, नारायणस्थान बस्ने बर्दियाको ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनील विष्ट पनि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।






