NepalNewsSociety

कक्षा १२ को परिक्षाफल प्रकासीत ७ हजार भन्दा बढीले ल्याए ए प्लस

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको परिक्षाको नतिजा आज बिहान बसेको बोर्डको बैठकले सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार तीन लाख ७४ हजार १५ जना परिक्षार्थी मध्धे मा ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन भने ४८ हजार २३९ जनाले ए ग्रेड नतिजा ल्याएको बोर्डले जनाएको छ ।

यस्तै ७० हजार १ जनाले बी प्लस र ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेको छन त्यस्तै ७५ हजार ८८ जना विद्यार्थीले सी प्लस नतिजा प्राप्त गरेको बोर्डले जनाएको छ।

यसैगरी २४ हजार ५१५ जना विद्यार्थीले ग्रेड सी नतिजा प्राप्त गरेका छन् भने ३ हजार ८७५ जना विद्यार्थीले डी प्लस प्राप्त गरेका छन् । डी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २९६ छ । त्यस्तै १० हजार ७३ जनाले ग्रेड ई प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *