Home / Nepal / News / नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते

नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका चारजनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर ल्याइएको छ। अरू घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले नियन्त्रणमा लिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *