Home / Nepal / News / बर्दियामा जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बर्दियामा जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : बर्दियामा २२ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

मधुवन नगरपालिका–६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *