काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारमा जान आफूहरुलाई कुनै हतार नभएको बताएका छन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका छन्। “सरकार बनाउँदै गर्नुस्, हामीलाई हतार छैन। केही साथीहरुले दाम्लो चुँडालेर भएन,” उनले भने, “आफ्नैलाई पनि रोक्न सकिएको छैन। दाम्लो नचुडाउनुहोला। एकताको अन्तिम कोशिस गरौँ। पदभन्दा विचार ठूलो कुरा हो।”






