Home / Sports / फिफा बरियतामा नेपाल ३ स्थान माथी उक्लीयो

फिफा बरियतामा नेपाल ३ स्थान माथी उक्लीयो

काठमाडौं: नेपाली फुटबल टोलीको फीफा वरीयतामा ३ अंकले सुधार भएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरीयतामा नेपाल ३ अंकले माथी उक्लेको हो।

यसअघिको वरीयताको १७१ औं स्थानमा रहेको नेपाल अहिले वरीयता सुधार भएर १६८ औं स्थानमा पुगेको हो । विश्व वरीयतामा नेपाल सबैभन्दा माथि १२४ औं स्थानसम्म पुगेको थियो ।

विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ । एशियामा जापान विश्ववरीयामा क्रमश २४ औं स्थानमा छ भने भारत १०५ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *