Home / Nepal / News / एक लाख ६९ हजार ८६० रुपैयाँ र १० बुक ताससहित आठजना पक्राउ

एक लाख ६९ हजार ८६० रुपैयाँ र १० बुक ताससहित आठजना पक्राउ

काठमाडौं : काठमाडौंमा महानगरपालिका–१६, पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ।

बुधबार साँझ तास खेलिरहेको अवस्थामा काठमाडौं–२६ बस्ने बागलुङको बुर्तिवाङ गाउँपालिका–६ घर भएका ३३ वर्षीया नरमाया बुढामगरलगायत आठजनालाई नियन्त्रणमा लिइएको हो।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीका अनुसार जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नगद एक लाख ६९ हजार ८६० रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *